क्रिकेटखेल

वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालविरुद्धको टी-२० सिरिज, चौथों खेलमा नेपाल २८ रनले पराजित  

वेस्टइन्डिज ‘ए’ले नेपालविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बिहीबार भएको चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै वेस्टइन्डिज ‘ए’ले नेपालविरुद्धको पाँच खेलको टी-२० सिरिज एक खेल अगावै ३-१ ले आफ्नो पक्षमा पारेको हो ।

वेस्टइन्डिज ‘ए’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले भने जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए ।

त्यस्तै फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।  बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल ले २ विकेट लिए भने प्रतिश जिसीको भागमा एक विकेट रह्यो । २१० रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओबहर्न सबै विकेट गुमाउदै १८१ रनमा समेटिएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऎरी र गुलसन झाले समान १९-१९ रन बनाए भने अविनाश बोहरा १७ रनमा अविजित रहँदा सोमपाल कामीले १० रन जोडे ।

वेस्टइन्डिजका ‘ए’ को लागि स्पिनर हेडन वाल्स जुनियरर म्याथ्यु फर्डले सम्म ३-३ विकेट लिए भने फबिएन एलेन र गुडाकेश मोतीको भागमा समान २-२ विकेट रह्यो ।  यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।

यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।

यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन गर्यो  । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम तथा पाँचौं  खेल शनिबार हुनेछ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.