राजनीति

उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताउनुभएको छ ।

मन्त्री भण्डारी

प्रेस चौतारी नेपालले आज अछाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्धि नआउने बताउनुभयो । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताउनुभयो ।

उहाँले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.