कर्पोरेट/पर्यटन

नेवानिका लागि चुनौती र अवसर दुवै : २४ गते अफ्रिकन मुलुकमा उडान गर्ने

बन्दाबदीको समयमा विश्वभरका अन्तर्राष्ट्रिय उडानहरु बन्द रहे पनि नेपालको राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई भने यो समय अवसर र चुनौति दुबै भएको छ । तिगमले नयाँ नयाँ गन्तव्यमा चार्टर उडान गरिरहेको छ ।

यसै क्रममा निगमले असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिनुभयो ।

निगमको बजार विविधीकरणको योजनाअनुरूप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।

निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरूपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताउनुभयो ।

निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.