राजनीति

नेकपा केन्द्रीय सदस्यहरुको धुम्बाराहीमा धर्ना- नेताहरुलाई मिल्न दवाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काभित्र देखिएको विवाद पार्टी विभाजनको संघारमा पुगेपछि केन्द्रीय सदस्यहरु शीर्ष नेतृत्वलाई एकताको पक्षमा लाग्न दवाव दिंदै पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग गरेपछि नेकपाभित्र विवाद बढेको छ । त्यसपछि स्थायी कमिटी बैठक पनि शनिबारसम्मका लागि स्थगित भएको छ ।

यस्तोमा नेताहरुलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै २० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्नामा बसेका हुन् ।

धर्नामा बसेका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा देखिएको अहिलेको विग्रह गर्नुपर्ने कारण नै नभएकाले नेताहरुलाई दबाब दिन धर्नामा बसेको बताउँदै आज सांकेतिक हिसाबले कार्यक्रम गरेको र यसलाई निरन्तरता दिनुपर्ने देखिएको बताउनुभयो ।

धर्नामा बसेका नेताहरुले कम्युनिस्ट पार्टी नीति प्रधान हो नेता प्रधान होइन, समस्याको समाधान पार्टी विधानभित्रैबाट खोज, पार्टी एकता बलियो बनाउ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.