राजनीति

बीचमा समस्या भयो अब लगातार खोप आउँछ

अब सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय हैन खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याउन बीचमा केही समस्या भए पनि त्यो समस्या हटेको र अब खोप लगाउने अभियान नै चल्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउनुभएको हो ।

सरकारले पछिल्लो समय चीनबाट ४० लाख मात्रा भेरोसेल खोप ल्याउने सम्झौता गरिसकेको छ । सम्झौताको विवरण सार्वजनिक नभए पनि यसअघिको तयारी पहिलो चरणमा त्यति मात्राको भएकाले सो अन्दाज गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने बताउँदै उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने योजना पनि सुनाउनुभयो ।

त्यसै गरी उहाँले सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै खोप आउन थालेपछि थप सुरक्षित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.