खेलजापान

सेप्टेम्बरमा "गल्कोट स्पोर्ट्स क्लव छैठौं भलिबल प्रतियोगिता" हुने

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले छैठौ भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ ।

नेपाली नया वर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

क्लवका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा संरक्षक गिरी प्रसाद शेरचन,रत्नसिंह बस्नेत तथा सल्लाहकारहरु बेलुकाजी थापा (संयोजक अन्तराष्ट्रिय गल्कोट समाज समेत) रामकृष्ण बम मल्ल, बिजय भण्डारी, चन्द्र बहादुर खत्री र बहुसंख्यक कार्यसमिति सदस्य उपस्थिति बैठकले भलिबल प्रतियोगितालाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रतियोगिता सेप्टेम्बर २ तारिक बुधबारका दिन साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा सम्पन्न हुने क्लवका महासचिव दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको तयारी तथा ब्यबस्थापनका लागि क्लवका अध्यक्ष लक्ष्मण कार्की संयोजक रहने गरी मुलआयोजक समिति साथै बिभिन्न उपसमिति गठन गरी कार्यबिभाजन समेत गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न लक्ष्मण कार्कीको संयोजकत्वमा मुलआयोजक समिति गठन गरिएको छ भने आर्थिक संयोजकमा बु्द्व बस्नेत, प्रचार प्रसार संयोजकमा हिमाल कँडेल, हल ब्यवस्थापन संयोजकमा दुर्गा बहादुर खत्री र स्वयंसेवक संयोजकमा दिनेश थापा रहेका छन् ।

त्यसै गरी खेलाडी संयोजक अम्मर भण्डारी, भोजन ब्यवस्थापन संयोजक प्रकाश निउरे, अतिथी ब्यवस्थापन संयोजक कृष्ण गौतम, रेफ्री, एम्पाएर एवं खेल सामग्री संयोजक देवेन्द्र खत्री र हल निरीक्षण संयोजक जिवन गैरे रहनु भएको छ ।

प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी येन चालीस हजार तोकेको छ भने पुरस्कार राशी क्रमश प्रथम हुनेलाई तीन लाख येन नगद प्रमाण पत्र, मेडल र सिल्भर कप तथा द्वितीय पुरस्कार दुई लाख येन नगद प्रमाण पत्र, मेडल साथै छ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने छ ।

गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेल क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियो नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा निरन्तर छैठौं पटक आयोजना गर्ने एकमात्र नेपाली संस्था हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.