एन आर एन न्युजजापान

एनआरएनए आईसीसी महाधिवेशनमा सहभागि हुने प्रक्रिया सुरू (लिंक सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा जापानको तर्फबाट सहभागी हुन इच्छुक व्यक्तिहरुबाट आवेदन आव्हान गरेको छ ।

एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले एक विज्ञप्ति जारी गरी अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र विगतमा काम गरीसकेका व्यक्तिहरु मध्येबाट ६५ प्रतिशत प्रतिनिधि छनौटको निम्तिका निम्ति आवेदन खुला गरिएको जानकारी दिनुभएको छ ।

आवेदन दिदा अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको मापदण्ड पूरा गरेको हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

मापदण्ड निम्न प्रकार रहेको छ-

१) अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु।

२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु।

३) अन्तराष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजक।

४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता।

५) विधानत गठीत अन्तराष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु।

६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहर।

७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु।

८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु।

साथै आवेदनदिन निम्न कुराहरु पनि अनिवार्यरुपमा पालना गर्न अनुरोध गरिन्छ।

आवेदन मिति : यहि जुलाई ९ देखी जुलाई १३ सम्म।

प्रतिनिधी शुल्क : ५०$ ( पचास युएस डलर)

शुल्क जम्मा गर्ने खाता नं : 10010-52370361

बिधान बमोजिम रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधी सहभागीहुन पाउनेछन जस मध्य बाँकी २५% प्रतिनिधी राष्ट्रिय महाधिवेशन वाट निर्वाचित हुनेछन भने १०% प्रतिनिधिहरु महिला, यूवा सहित गैरवासीय अभीयानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्यबाट नवनिर्वाचित कार्यसमितिले सिफारिस गर्नेछ।

आवेदन फारम भर्ने लिंक

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.