जल/वातावरण

उपत्यकामा ३२ सहित देशभर थपिए १ सय १८ संक्रमित- ४८ प्रतिशत संक्रमित निको

शुक्रबार काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाको ३ जना सहित देशभर १ सय १८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

यसै गरी पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएको जानकारी दिंदै डा. गौतमले नेपालमा संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका र ३५ जनाले ज्यान गुमाएको जानकारी दिनुभएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा ३ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खबर

Back to top button