अर्थ

विदेशीले नेपालमा खर्च गरे ५८ अर्ब, नेपालीले विदेशमा खर्च गरे सवा खर्ब रुपैयाँ

नेपालको आर्थिक विकासममा पर्यटनको ठूलो महत्व छ भन्दै यसको विकासका लागि अनेक योजना बने पनि यो क्षेत्रबाट मुलुकले अपेक्षाकृत लाभ लिन सकेको छैन ।

यस विपरीत नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।  त्यो खर्च सामान्य नभएर दोब्बरभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ भने सोही अवधिमा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् ।

गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा रु ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो ।

यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा रु ८९ अर्ब १८ करोड बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च रु ५९ अर्ब ९९ करोड बराबर थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.