राजनीति

सहमति गरे पनि माधव नेपाल देउवाकै पक्षमा !

सत्ताढ नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को पार्टी एकताका लागि दुबै पक्षका नेताहरु सम्मिलित कार्यदलले तयार गरेको सहमतिको बुँदामा माधवकुमार नेपालले असहमति जनाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरिएको हस्ताक्षर फिर्ता नहुने बताउनुभएको छ ।

माधव कुमार नेपाल

आइतबार राति अबेर सहमति भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब अदालतमा शेरबहादुर देउवाको पक्षमा १२३ सांसदको मात्र हस्ताक्षर रहेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि नेता नेपालले आफू पक्षकका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको हो ।

सोमबार ट्वीट गर्दै नेपालले भन्नुभएको छ, “कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।”

यसअघि सल्लाहकार थापाले फेसबुकमा निकै छुद्र तरिकाले प्रतिक्रिया दिनुभएको थियो । उहाँले लेख्नुभएको थियो- “शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६– २३ = १२३ मात्र । सर्वाेच्चद्वारा न परमादेश, न पुनःस्थापना ! मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button