राजनीति

प्रचण्ड-नेपालको प्रतिक्रिया ‘ऐतिहासिक दिन’

प्रतिनिधिसभाा विघटनको बिरुद्धमा सर्वोच्च अदालतले फैसला दिएपछि पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सबैभन्दा बढी सक्रिय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको दिन इतिहासको एक महत्वपूर्ण दिन भएको बताउनुभएको छ ।

अदालतको फैसालपछि अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने र फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताउनुभयो ।

त्यस्तै आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन सक्रिय माधवकुमार नेपालले सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो, सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताउँदै भन्नुभयो ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ ’ ।

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.