राजनीति

एक सय ६७ पृष्ठमा यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)

प्रतिनिधिसभा पुनःस्थापना गरी नेपाली कांग्रेसकाा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका आदेश माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाएको छ ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्दै आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन समेत भनेको छ ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।

फैसला

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.