विश्व समाचार

श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले बुधबार सार्वजनिक गर्ने

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँको राजीनामा बुधबार संसदले सार्वजनिक गर्ने बताइएको छ ।

उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरी वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।

राजीनामापत्र सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने र संसदबाट जुलाई १३ सोमार गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नुहुने समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ ।

सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिनुभएको छ । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिनुभएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलङ्काले अकल्पनीय आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

आर्थिकरूपमा टाटपल्टिएको श्रीलङ्कामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.