जन सरोकार

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

पत्रकारिताको आडमा अवैध रुपमा रकम असुल्ने एकजना पत्रकार पक्राउ परेका छन् । उनले प्रहरी हिरासतमा रहेका लागूऔषध कारोबारीलाई छुटाइदिने भन्दै उनका आफन्तसंग रकम असुलेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एपी खबर बाराका संवाददाता भैयाराम साह रहेका रहेका छन् । उनी प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य समेत रहेको खुल्न आएको छ ।

प्रहरी प्रवक्ता गौतम मिश्रले दिएको जानकारी अनुसार प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले भन्नुभयो । (रासस)

सम्बन्धित खबर

Back to top button