राजनीति

जेनेभामा फेरि उठ्यो ग्रेटर नेपालको आवाज

सुगौली सन्धिअघिको विशाल नेपालको पक्षमा आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पुनः त्यो मुद्दालाई उठाउनुभएको छ । स्विटजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४७ औं सत्रको समानान्तर कार्यक्रममा नेपालले सो आवाज उठाउनुभएको हो ।

इन्डियन प्रभुत्ववाद र नेपालमा हस्तक्षेप शीर्षक दिइएको एक वेबिनारमा सोमबार साँझ ४ बजे काठमाडौंबाट सहभागी हुँदै उहाँ इन्डियाले नेपालमा प्रदर्शन गरेको प्रभुत्ववादी व्यवहार र उसले यहाँ प्रत्येक क्षेत्रमा गरेको हस्तक्षेप तथा पुर्‍याएको अवरोधका बारेमा अवगत गराउनुभएको थियो ।

कार्यक्रममा नेपालले करिब ६० हजार वर्ग किलोमिटर नेपाली भूमिमा सात दशकभन्दा बढी समयदेखि उपनिवेश कायम गर्दै आइरहेको भन्दै त्यसबाट मुक्तिका निम्ति इन्डियालाई दबाब दिन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गराउनुभएको थियो । यसका अतिरिक्त लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई इन्डियाको राजनीतिक नक्सामा राखेर खुला रूपमा अतिक्रमण र विस्तार गरेको अवगत गराउनु भयो ।

त्यसै गरी तराईको सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत सडक र बाँध निर्माण गरी पानीको प्राकृतिक बहाव रोकेर नेपाली किसानको खेतीयोग्य जमिन डुबाई अस्तव्यस्त बनाएको र इन्डियाली नागरिकता ऐनमा संशोधन गरेर इन्डियाको निर्माण हुनुभन्दा सयौं वर्ष अघिदेखि बसिरहेका नेपालीभाषीलाई आफ्नै देशमा शरणार्थी बनाई मानवअधिकारमाथि खुल्ला रूपमा प्रहार गरेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.