राजनीति

कानुनबमोजिम सबैले नागरिकता पाउनुपर्छ : गृहमन्त्री लेखक

आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ ।

समितिका अध्यक्ष इन्द्रजीत साफीलगायत पदाधिकारीको टोलीले शनिबार गृहमन्त्री लेखकलाई भेटेर आमाका नामबाट नागरिकता दिने व्यवस्थासहित लाखौँ नागरिकताविहीनलाई नागरिक बनाउन नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएर राष्ट्रियसभामा पेस भएकामा गृहमन्त्रीलाई धन्यवाद दिएको छ ।

“नेपालको संविधानअनुसार सबैले नागरिकता पाउनुपर्छ, कानुनको अभावमा कसैले त्यो नपाएको भए वाधक कानुन परिमार्जन गर्नेगरी छलफल गर्नुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.