राजनीति

नियुक्ति सच्चिएपछि भयो प्रधानमन्त्रीको शपथ

कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई गरी चार सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको पत्र सच्याएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको व्यहोराको पत्र पठाउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिुभएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री देउवाले शपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले माओवादी केन्द्र र नेपाली कांग्रेसबाट २-२ जना मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई हुनुहुन्छ भने माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

चारजना मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.