जल/वातावरण

सार्वजनिक यातायात : स्वास्थ्य मन्त्रालय भन्छ- अत्यावश्यक बाहेक प्रयोग नगर्नु

सरकारले कोरोना भाइरस संक्रमण रोक्न जारी गरेको लकडाउन खुकुलो बनाएसंगै सार्वजनिक यातायात आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्ने निर्णय गरेपछि केही यातायात कम्पनीका बसहरु सडकमा गुडन थालेका छन् । यसबीचमा स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक सार्वजनिक यातायात नचढ्न अनुरोध गरेको छ ।

मन्त्रालयले सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण गराउन सक्ने हेक्का राख्न आग्रह र्गै यसरी यात्रा गर्दा हरेक यात्रुले कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको सरसफाइ गर्न सुझाव दिएको छ ।

साथै, आफूलाई कोभिड १९ को संक्रमण भएको, संक्रमणको शंका लागेको वा त्यस्तो लक्षण देखिएको अवस्थामा यात्रा नगरिदिन मन्त्रालयले अपिल गरेको छ ।

केही दिनअघि मात्र सरकारले उपत्यकासहित सम्बन्धित जिल्लाभर सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने निर्णय गरेको हो । सार्वजनिक यातायात सञ्चालनमा आउने भएसँगै विज्ञहरूले समेत संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, चर्को स्वरमा कुरा नगर्न सुझाएका छन् ।

त्यसो त काठमाडौं उपत्यकामा केही व्यवसायीले यातायात सञ्चालन गरे पनि अधिकांशले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै यातायात सञ्चालनमा ल्याएका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.