एन आर एन न्युज

एनआरएनएको निर्वाचनमा दलीय गठबन्धन प्रतिबन्धित

दलको संलग्नतामा समूह बनाई निर्वाचनमा सहभागी भए त्यसलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले मान्यता नदिने

विदेशमा छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका तर्फबाट समूह बनाई दलका प्रतिनिधिमार्फत निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

संघका अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्तले सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुका नाममा एक पत्र पठाउँदै एनआरएनएको विानमा उल्लेख भए अनुसार गैरराजनीतिक संस्थाको रुपमा आफ्ना गतिविधिहरु गर्नुपर्ने भएकाले राजनीतिक दलहरुको तर्फबाट समूह बनाई दलको समर्थन वा घोषणा गराई निर्वाचनमा भाग लिन प्रतिबन्धित गरिएको जानकारी गराउनुभएको छ

अध्यक्ष पन्तले यदि कोही कसैले दलको संलग्नतामा समूह बनाई राष्ट्रिय महाधिवेशनको निर्वाचनमा सहभागी भएको पाइएमा त्यसलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले मान्यता नदिने भएकाले सोही अनुसार गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.