जन सरोकार

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमाथिको तुइन तुइनबाट नदीमा खसेर एकजना बेपत्ता भएका छन् । स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए ।

त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्न पाएनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.