राजनीति
उपसभामुख नेतृत्वको टोली चीनतर्फ
प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उहाँको भेटवार्ता हुने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ ।




प्रतिक्रिया राख्नुहोस्