राजनीति

बाबु नगरप्रमुख, छोरा विकास निर्माणका योजनाबाट घुस बटुल्ने

नगरमा संचालित विकास आयोजनाहरुबाट घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित पक्राउ गरेको हो ।

अख्तियारले लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिनुभयो । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।

दुईको शव फेला
सिरहाको छुट्टाछुटै खोलामा बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिनुभयो ।

यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.