एन आर एन न्युज

एनआरएनएले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एनआरएनए

विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने सङ्घले जनाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.