राजनीति

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

गृहमन्त्री रमेश लेखक

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताउनुभयो । “हामी उच्च जोखिमपूर्ण भुगोलमा छौँ”, उहाँले भन्नुभयो, “विपद्को सामाना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ ।”

सात वटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उहाँले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “काठमाडौँको गोदामघर विपद् प्राधिकरणसँग रहन्छ”, उहाँले भन्नुभयो, “छ वटा प्रदेशस्तरका गोदामघरको सञ्चालन प्रदेश सरकारले गर्नेछन् ।”

नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभयो । उहाँले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।

विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.