कला/मनोरन्जनकलिउड

बलिउडमा तहल्का मच्चाउने तयारीमा ‘प्रेम गीत- ३’

कोरोना भाइरस संक्रमणको महामारीले अस्तव्यस्तता सिर्जना गरेको हुन्थेन भने नेपाली चलत्रिमा क्षेत्रमा एउटा नयाँ धारको सुरुवात गर्ने थियो चलचित्र प्रेम गीत ३ प्रदर्शनको घोषित मितिको केही अघिबाट फैलिएको कोरोनाका कारण चलचित्र प्रदर्शन हुन सकेन ।

लामो समयसम्म चलचित्र प्रदर्शन नहुने भएपछि निर्माण टोलीले भारतीय बजारमा चलचित्रको प्रबद्र्धन गर्ने उद्देश्य राखेर हिन्दी भाषामा डबिङ र सम्पादनको काम सम्पन्न भैसकेको छ । अहिले चलचित्रको गीतको काम शुरु भैरहेको छ यसको लागि निर्माण टिम चर्चित म्युजिसियन आस्लाम केयीसँग छलफलमा छ । अब यही हप्तामा गीतको डबिङ गर्ने तयारीमा निर्माणपक्ष छ ।

चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शाक्लाले सम्पादन गरेका छन् उनले कुछ् कुछ् होता है, कल हो ना हो, राउडी राठोर, प्रेम रतन धन पायो, धमाल लगायत सयौं हिट चलचित्रको सम्पादन गरीसकेका छन । नेपालको चलचित्रलाई पनि उनले उत्तिकै प्राथमिकताका साथ काम गरेका छन् ।

चलचित्रको सम्पादनसँगै ट्रेलरको समेत काम सकिएको छ । चलचित्र हिन्दी भाषाको स्वरांकन गर्दा स्वरांकन कलाकारले चलचित्रको तारिफ गरेका छन् । दक्षिण भारतीय चलचित्रलाई हिन्दीमा डबिङ गर्ने चर्चित कलाकारहरुको साथ पाएको प्रेमगीत ३ प्रति उनीहरु पनि सकारात्मक रहेको र अति उत्कृष्ट चलचित्र बनेको बताइरहेका छन् ।

निर्माण टिम चलचित्रको मार्केटिङ र रिलिज डेटको तयारीमा अहिले चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेन कार्यकारी निर्माता चक्र बहादुर चन्द लगाएतको टिम मुम्बईमा रहेको छ । कोरोनाको वर्तमान स्थिति सामान्य बनेसँगै चलचित्र ‘प्रेम गीत–३’ हिन्दी भर्सनमा करिब हजारभन्दा बढी स्क्रिनमा रिलिज गर्ने तयारीमा रहेको र अहिले टिम मुम्बईमा वितरकसँग छलफलमा समेत रहेको छ ।

निर्माता चन्द यो चलचित्रले बलिउडमा नेपाली चलचित्रको ढोका खोल्नेमा आफूहरु विश्वस्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार बुम्बईमा चलचित्रको काम गर्ने तौरतरिका बेग्लै किसिमको पाएको र हरेक काम मेहनत र व्यावसायिक किसिमले गरिने गरेको पनि उहाँले बताउनुभयो ।

नेपालमा चलचित्र जसरी मेहनत गरी छायांकन गरेका थियौ आज यहाँसम्म आएर काम गर्दै गर्दा गर्व महशुस भएको र यसले नेपालमा बन्ने स्तरिय सिनेमाको बलीवुड यात्राको ढोका खोलिदिएको चन्दको भनाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.