बिचार

न्याय कि राजनीतिक प्रभाव ?

देश एमालेको सेटिङमा कसरी जकडिएको छ- रैछ भन्ने कुरा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार मात्रै विशेष अदालतले विना धरौटी साधारण तारेखमा छोडेपछि प्रष्टै देख्न पाईयो ।

सरकार बालेनकै भएनि न्यायालय र प्रशासनिक क्षेत्रमा एमालेको जालो कसरी जकडिएर बसेको रहेछ भन्ने जनता र सरकार दुबैले प्रष्ट देखे ।

अख्तियारले २० करोडको विगो मागेको पौडेललाई बिना धरौटी विशेष अदालतका ३ वटा न्यायाधीशको आदेशमा छोडिएपछि ऐले नागरिक बृतमा अदालतप्रति ठूलो वितृष्णा फैलिएको छ ।

त्यै देश त्यै कानुन- विगतमा रवि लामिछानेलाई करोडौं रुपैयाँ लियर धरौटीमा छोडने तर तिनै कानुनको आधारमा एमाले नेताहरुलाई बिना धरौटी साधारण तारेखमा छोडने कुराले अदालतमाथि जनताले प्रश्न गर्न थालेका हुन् ।

अर्कोतिर २०/२० करोडको विगो मागदावी गरिएको मुद्दामा कतै अख्तियारले नै बलिया सबुत प्रमाणहरु नराखेर अदालतले भनेजस्तै सामान्य रुपमा मिसिलको पाना भर्ने काम मात्रै गरेको पनि हुनसक्ने आशंका भने गरिएको छ ।

किनभने अख्तियार प्रमुख भनेका वलीले नियुक्त गरेका मान्छे हुन र उनी एमालेका अत्यन्त निकटका मान्छे भएकाले नै राईलाई भष्टाचारको केश लाग्ने र उनी पनि भष्टाचारमा मुछिने देख्दा देख्दै प्रेमकुमार राईलाई प्रमुख आयुक्त बनाएर अख्तियारमा लगेका हुन ।

त्यसैले पनि राईलाई हरेक मान्छेले एमालेकै र वलीकै मान्छे भनेर व्याख्या गर्ने गर्दछन । राईले अख्तियारमा यति बलियो जरा गाडेका छन कि जसलाई चुटाल्न न त मै हुँ भन्ने जेनजीको पैलो सरकार सुशिला कार्कीले सकिन न त दोश्रो सरकार बालेन स्वयं लाग्दा समेत केही गर्न सके । उल्टै गृहमन्त्री र प्रधानमन्त्री समेत पङ्गु बन्नुपर्यो ।

त्यसैले सानोतिनो जोड बलले हिजोका भष्टाचारीहरुले त्यो ठाउँ छोडलान भन्ने जस्तो कल्पना नगरेनि हुन्छ । सबै ठाउँमा भष्टाचार गरेर भ्याएर अब म कुनै दिन भष्टाचारको केशमा पर्न सक्छु भन्ने लागेमा मानिसहरु अख्तियारमा जागिर सरुवा गराउनतिर लाग्छन ।

सवुत प्रमाण र आधारहरुलाई सजिलै मेटाउन र खडा गर्न सक्ने एकसे एक खर्राँटहरुको थलो अख्तियारमा कस्लाईलफसाउने र कसलाई उकास्ने भन्ने फर्मुला त्यसै पनि हुन्छन भने आजसम्म मन्त्री भएर कमाएको पैशा विष्णु पौडेलले साधारण तारिखमा निस्किन सदुपयोग गर्यानि हुन सक्छ ।

“सोझो औंलाले त घ्यु पनि आउन्न” भनेर उखान हाल्ने हाम्रो जस्तो भष्टाचारी मुलुकाँ मान्छे उम्किनु र फस्नुमा कुनै अनौठो हुँदैन किन भने यसमा भूमिका पैशैले खेल्छ । नैतिकता र ईमानदारीतालाई सडकमा राखेर शेलको भाउमा बेच्ने नेपाल जस्तो मुलुकमा न्याय पर्यो कि परेन भन्ने कुराले खासै अर्थ राख्दैन ।

न्यान दिने मान्छे नै पक्ष विपक्षहरु कुन दलका हुन भनेर जब उनीहरुको दल खोज्न थालिन्छ अनि त्यस्तो ठाउँमा न्याय पाईन्छ भन्ने कुरामा कसले विश्वास गर्दछ । यसकारण पनि नत वली अदालतबाट रिहा हुँदा जनताले आश्चर्य माने नत विष्णु पौडेल बिना धरौटी थुना मुक्त हुँदा आश्चर्य मानेका छन ।

बरु आश्चर्य त यश मानेमा लागेको छ कि हामी अब देश र जनतालाई न्याय दिलाउँछम, भष्टाचारको अन्त्य गर्छम् भनेर आएको बालेन सरकानै नै पुरानो जालोलाई तोडन नसकेर एमालेको प्रशासन र न्यायालयको जालोमा फन्फनि घुमेको देख्दा जनता पनि अब बालेन सरकारसित अघाँउँदै गएको जस्तो लाग्न थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.