खेलजापान

टोकियो ओलम्पिकको नयाँ समय तालिका सार्वजनिक

कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको टोकियो ओलम्पिकको नयाँ समय तालिका सार्वजनिक गरिएको छ । ओलम्पिक आयोजक समितिका अध्यक्ष मोरी योशिरोले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसंगको भिडियो कन्फ्रेन्सका क्रममा नयाँ समय तालिका घोषणा गर्नुभएको हो ।

अध्यक्ष मोरीले ओलम्पिक खेलको उद्घाटन यस वर्ष तय गरिएको मितिको ठीक एक दिन पहिले अर्थात् जुलाई २३ मा आरम्भ हुनेछ । १७ दिनसम्म चल्ने खेलमा विश्वभरका खेलाडीले ३३ खेलमा ३ सय ३९ स्पर्धामा भाग लिनेछन् ।

टोकियो ओलम्पिकका सम्पूर्ण तयारी पूरा भैसकेको छ । खेलस्थल, खेलाडीको आवास तथा अन्य प्रतिष्ठानहरु सम्पूर्णरुपले व्यवस्थित रहेकाले तोकिएको समयमै खेल सम्पन्न गर्न कुनै कठिनाई नहुने आयोजकको दावी छ ।

सम्बन्धित खबर

Back to top button