जन सरोकार

काठमाडौंमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

आइतबारदेखिको अविरल वर्षाले आएको पहिरोका कारण काठमाडौंमा एकजनाको मृत्यु भएको छ । समाचार अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको हो ।

गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

कार्कीका अनुुसार, “आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए”, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.