प्रबास

पत्रकार महासङ्घ यूकेद्वारा आर्थिक सहयोग

कार्यरत पत्रकारमध्ये २५ पत्रकारलाई जनही रु २० हजारका दरले वितरण गर्ने

कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारलाई जनही रु २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ । ‘लेखन वृत्ति’ नाममा पत्रकार महासङ्घ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ । सोही निर्णयबमोजिम उठेको कुल रु पाँच लाख १६ हजार पत्रकार महासङ्घ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।

गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो ।

हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button