जल/वातावरण
१९ जना नेपाल प्रहरीमा कोरोना संक्रमण
कोरोना भाइरस समुदायस्तरमा फैलिएको आशंका भैरहेका बेला नेपाल प्रहरीका १९ जना सदस्यमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।

समाचार अनुसार प्रदेश नं १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरुको विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको स्वीकार्दै सबै विवरण नआइसकेकाले संख्या बताउन नसकिने बताउनुभएको छ ।
यसअघि पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।