राजनीति

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहान ११ बजे बस्ने तय भएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेपछि प्रचण्ड र नेपाल पक्षका नेताहरू भने बैठक सुचारू हुनुपर्ने भन्दै बालुवाटार पुगेका थिए ।

प्रचण्ड, बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित अन्य स्थायी समिति सदस्यहरू बैठक हलमै बसेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.