जन सरोकार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी चार लाख घुससहित पक्राउ

CIAA

CIAA

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यसै गरी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले अदालतमा पेश गरेको छ । मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमबार पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरेको हो ।

काठमाडौँको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।

उनी विरुद्धको मुद्दामा अदालतको गत माघ २९ को फैसलाले २५ दिन कैद र रु २४ लाख जरिवाना हुने ठहर गरेको थियो । लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवाला आकाश लामिछाने समेतका अन्य दुई जनालाई झुक्यानमा पारी बैंकहरुको चेक काटी दिएकामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।

सम्बन्धित खबर

Back to top button