जल/वातावरण

कालिकोटको नरहनीनाथ गापामा पहिरो : ८ जनाको मृत्यु, एक वेपत्ता

बुधबार विहानको झिसमिसेमै आएको पहिरोमा पर कालीकोटको नरहनीनाथमा गाउँपालिकाका दुई स्थानमा आएको पहिरो परी एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।



पहिरोले वडानम्बर ७ मा रहेको ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र १ वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले दिएको जानकारी अनुसार ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको हो ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button