राजनीति
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
उहाँले नेता श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको बताउँदै उहाँको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।
साथै, राष्ट्रपति पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जलीसहित दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा समवेदना व्यक्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्