जन सरोकार

पौने दुई अर्बको हुण्डी कारोबार, एक जना पक्राउ

झण्डै दुई अर्ब बराबरको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङ घर भई नागार्जुन नगरपालिका–८ बस्ने वर्ष ४९ को राजेन्द्रप्रसाद रिजाललाई सोही ठाउँस्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।

केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा त्यस्ता शङ्कास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।

निजले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी रु एक अर्ब उनानब्बे करोड पैसठ्ठी लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको प्रारम्भिक अनुुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.