जापान

२०११ को सुनामीको पाठ सिकेर पूर्व तयारीमा जापान

बुधबार विहान रुसको कामचाट्का प्रायद्वीपको तटमा गएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असरले प्रशान्त महासागरमा सुनामीको लहर ल्यायो ।

सुनामीको लहर जापानदेखि अमेरिकासंगै प्रशान्त महासागरका किनारी देशहरुमा पुग्नेन चेतावनीसंगै जापानले पूर्व तयारी तीब्र बनायो । जापानले सन् २०११ को सुनामीबाट यस्ता विपत्तिको सामना गर्ने गतिलो पाठ सिकेको छ ।

जापान टाइम्सका अनुसार बुधबार दिउँसोको अन्त्यसम्म समुद्री किनारमा आउने सबैभन्दा ठूला छालहरू १.३ मिटरको थियोा भने एक जनाको मृत्यु भएको छ । यस बाहेक अन्य कुनै ठूलो क्षति भएको छैन।

सुनामीको खतरा बढेसंगै जापानका शहरहरू, गाउँहरू र आणविक रिएक्टरहरू खाली गरियो भने एयरपोर्टहरू बन्द गरियो कार्यालयका कर्मचारीहरू तटीय शहरहरूमा माथिल्लो तलाहरूमा पुगे ।

स्मरणीय रहोस् सन् २०११ को भूकम्प र सुनामीको सामना गर्न देश तयार थियो तर अकल्पनीय क्षति भयो । यसमा अनेक कमी रहेको महसुस गर्दै यसपटक सुरुबाटै सम्भावित जोखिम कम गर्न अग्रसर भयो ।

जापानका अधिकारीहरूले विहानौट जनतालाई तयार रहन चेतावनी दिए । किनकि सुनामी अप्रत्याशित हुनसक्छ र छालहरू पहिलो किनारमा आइपुगेको लामो समयसम्म सक्रिय रहन्छन् ।

समुद्री छालहरु केन्द्रबिन्दुबाट धेरै टाढाको क्षेत्रमा नपुगेको भए पनि सुनामीले लामो समयसम्म बारम्बार प्रहार गर्न सक्छ। सुरुवातपछि आउने छालहरू अरु ठूला हुन सक्छन् त्यसैले सुनामी चेतावनी वा सल्लाह नहटाएसम्म खाली गर्न जारी राख्नु महत्त्वपूर्ण छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रत्येक तरंगको धेरै लामो अवधि हुन्छ यसको मतलब एकल लहर चक्र पास हुन करिब एक घण्टा लाग्न सक्छ । त्यसैले सुनामी गतिविधि लामो अवधिमा अवलोकन गर्न सकिन्छ। उच्च सुनामी छालहरूको जोखिम कम्तिमा एक दिन जारी रहन सक्छ।

बुधबार बिहान ८ बजेर २५ मिनेटमा आएको भूकम्प पनि सुरुमा बिहान ८ः३७ मा सुनामीको सूचना जारी भएको थियो । लगत्तै सम्भावित जोखिममा रहेका क्षेत्रका मानिसहरुलाई अन्यत्र सारियो । रुसमा गएको भूकम्पबाट उत्पन्न सुनामीको सबैभन्दा बढी असर होक्काइडोमा पर्ने अनुमान छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार रसियाको कामचाटका प्रायद्वीपको पेट्रोपाभलोभस्कमा बिहान गएको भूकम्प र रेकर्ड गरिएका १० ठूला मध्ये एक थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.