जापान
जापानमा कोरोना संक्रमण बढ्दो : एकैदिन भेटिए एक हजार ५ सय बढी संक्रमित
जापानमा कोरोना भाइरस संक्रमणले नयाँ उचाई लिन थालेको छ । त्यहाँ दोस्रो चरणको संक्रमण फैलनसक्ने भन्दै सरकारले सचेत रहन आव्हान गरिरहेका बेला शुक्रबार १ हजार ५ सय ७८ नयाँ संक्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरुका अनुसार तीन दिनयता लगातार एक हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ र शुक्रबारको संख्या सबैभन्दा बढी हो । यो संख्यासंगै मुलुकभर संक्रमित हुनसक्ने तथ्यांक ३७ हजार पार गरेको छ ।
यसैबैच राजधानी टोकियोमा शनिबार ४ सय ७२ जना नयाँ संक्रमित भेटिएका छन् । चारदिन यता लगातार ३ सयभन्दा बढी संक्रमित थपिएका बेला शुक्रबार र शनिबार ४ सय नाघेको छ । शुक्रबार ४ सय ६३ जना भेटिएका थिए भने शनिबार दिउँसोसम्म ४ सय ७२ हुन् ।
अहिलेसम्म टोकियोमा मात्र कोरोना भाइस संक्रमितको संख्या १३ हजार १ सय ६३ पुगेको छ । जापानभर। हालसम्म १ हजार २६ जनाको मृत्यु भएको छ ।