जन सरोकार

उपसचिव प्रेम सञ्जेलमाथि ड्युटीमा खटाएको भन्दै करारका कर्मचारीबाट हातपात

प्रेम सञ्जेलको परिचय नेपाल सरकारका उपसचिव मात्र हैन भ्रष्टाचारबिरुद्ध कडा रुपमा प्रस्तुत हुने र आफ्नो काम नसकुञ्जेल साँझ, विहान, विदा केही नभनी खटिइरहने र आफ्ना कर्मचारीलाई पनि काममा लगाइरहने इमान्दार कर्मचारीका रुपमा स्थापित छ । तर यिनै उपसचिवमाथि आफ्नै कार्यालयका करारमा रहेका कर्मचारीबाट शनिबार कार्यालयमै हातपात भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख (उपसचिव) सञ्जेलमाथि करारका कर्मचारीले धेरै काममा लगाएको भनेर कार्यकक्षमै हातपात गरेको बताइएको छ । उहाँ शनिबार सार्वजनिक बिदा भए पनि कार्यालयमै हुनुहुन्थ्यो । २४ सै घण्टा ड्युटीमा खटाएको भन्दै ती कर्मचारीले सञ्जेलको विरोध गर्दै आएका थिए ।

उपसचिव सञ्जेलमाथि हातपात भएको जानकारी आएलगत्तै कार्यालयमा प्रहरी पुगेको रघटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभएको छ ।

घटनामा संलग्न रहेको आरोप लागेका कर्मचारीहरू नेत्र भट्टराई निरौला र मेनुका सापकोटालाई प्रहरीले छलफलका लागि बोलाएको जनाएको छ । सञ्जेललाई उनीहरूले चप्पल, पञ्चिङ मेसिनलगायतले हातपात गरेको र उहाँको अनुहारमा सामान्य चोट छ ।

प्रजिअ निरौलाका अनुसार सञ्जेल शनिबार पनि कार्यालयमा नियमित काम गर्ने गर्नुहुन्छ । उहाँ शनिबार मात्रै होइन अरू बार पनि काम नसकुञ्जेल कार्यालयमै बसेर काम गर्ने गरेको प्रजिय निलौरा बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.