जन सरोकार

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण, वीरगञ्जमा एक संक्रमितको मृत्यु

सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ ।

संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।

स्वास्थ्य कार्यालय प्रमुख दासका अनुसार ब्यारेकमा कार्यरत सशस्त्र प्रहरी क्वारेन्टिनको सुरक्षामा पनि खटिएका थिए । क्वारेन्टिनकै सुरक्षामा खटिएका एक सैनिकमा कोरोना देखिएको थियो । संक्रमित व्यक्तिको सम्पर्कमा सशस्त्रका कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यसका साथै सशस्त्र प्रहरीको टोली नाकाको सुरक्षाका लागि खटिएको छ । त्यसक्रममा पनि संक्रमित भएको हुनसक्छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय इटहरीका डीआईजी वंशीराज दाहाल नाकामा खटिएको सुरक्षा युनिट संक्रमणको जोखिममा रहेको बताउँदै इलाम र झापामा सुरक्षाका लागि खटिँदा आवश्यक तर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो ।

यसै गरी वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै मृत्यु भएको थियो ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.