जन सरोकार

सिसिएमसीमा स्वास्थ्य मन्त्रालयको प्रस्ताव : जोरबिजोर प्रणाली र अनिवार्य क्वारेन्टिन

लकडाउन खुलेयता काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको छ र संक्रमितरु जोखिममा समेत पर्न थालेका छन् । काठमाडौंमा अति सम्वेदनशील क्षेत्रमा समेत संक्रमण बढेपछि सवारी साधनमा कडाई गर्न प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको र सो प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन रहेको छ ।

तत्कालै जोर बिजोर प्रणाली लागू गर्न पठाइएको प्रस्ताव सिसिएमसीको यसअघिको बैठकमा छलफल भए पनि कुनै निर्णय भएन । सीसीएमसीका अधिकारीहरु जोरविजोर लागू गर्न सकारात्मक रहेको एक अधिकारीले बताए ।

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.