एन आर एन न्युज

एनआरएनए यूकेले बेलायतमा नेपाली संघसंस्थालाई सम्मान गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले महामारीको समयमा नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ ।

यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबाट सम्मान प्रदान गरिनेछ । अध्यक्ष गाहामगरले एम्पायर हलमा हुने साधारणसभामा उपस्थित भएर सम्मान ग्रहण गरिदिन पनि सबै संघसंस्थामा अनुरोध गर्नुभएको छ ।

गाहामगरले दशौं कार्यसमितिको नयाँ जिम्मेवारी लिएको ठीक एक वर्ष भएकै दिन वार्षिक साधारणसभा गर्ने तयारी छ । गाहामगरले गैरआवासीय नेपाली संघ बेलायतका पन्जिकृत सदस्यहरुसहित बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई पनि सहभागिताको लागि अपिल गर्नुभएको छ ।

उक्त साधारणसभामा ‘भूतपूर्व गोर्खाहरुको हकमा वंशजको नागरिकता’ विषयक बेग्लै सेसनसहित विधान संशोधन, आयव्यय प्रतिवेदन आदि प्रस्तुत गर्ने तयारी रहेको छ । साधारणसभा अल्डरसटस्थित एम्पायर हलमा बिहान १० बजेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.