विश्व समाचार
भ्रष्टाचारको मुद्दा खेपिरहेका स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै
भ्रष्टाचारको मुद्दा खेपिरहेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्न लागेको समाचार सार्वजनिक भएको छ । करिब ४० वर्ष राज गरेका स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको छ ।
बिबिसिका अनुसार पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।
साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ । स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।
प्रतिक्रिया राख्नुहोस्