जन सरोकारबिशेष

देवानगञ्ज घटनाका घाइते मोहताको उपचारका क्रममा निधन, मृतकको संख्या चार पुग्यो

सुनसरीमा भएको हिंसात्मक घटनामा गम्भीर घाइते रवीन्द्र मेहेताको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। उपचारकै क्रममा यससँगै सुनसरी–सिरहामा भएको हिंसात्मक घटनासँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ।

मृत अवस्थामा ४ जना फेला

जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार सुनसरीको घटनामा घाइते हुनुभएका २२ वर्षीय रवीन्द्र मेहेताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।

उहाँलाई घटनापछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। प्रहरीका अनुसार उक्त घटनामा घाइते हुनुभएका अर्का एक जनाको भने हाल वीर अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्य अवस्थाबारे अस्पतालले नियमित निगरानी गरिरहेको जनाएको छ।

यसअघि सुनसरीमा भएको हिंसात्मक घटनाका क्रममा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको ज्यान गएको थियो। त्यस्तै, त्यस घटनापछि फैलिएको तनावका क्रममा सिरहामा गणेश यादवको पनि मृत्यु भएको थियो।

पछिल्ला दिनहरूमा तराई–मधेसका केही जिल्लामा साम्प्रदायिक तनाव चर्किएपछि विभिन्न स्थानमा झडप, आगजनी, तोडफोड तथा प्रदर्शन भएका थिए। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले केही क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरेको थियो।

घटनापछि सरकारले शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था थप कडा बनाएको छ भने घटनाको कारण, हिंसामा संलग्न व्यक्ति तथा मृत्यु र घाइते भएका घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.