राजनीति

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो ।

सहसचिव भट्टराईलाई कागेश्वरी मनहरा नगरपालिकाबाटपक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।

भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।

उहाँविरुद्ध २ ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ पर्नुभएका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.