खेलाडी तथा प्रशिक्षक नरकुमार राईकी छोरीको उपचारमा आर्थिक सहयोग
नेपाल जापान फुटबल एसोसिएसनले ब्लड क्यान्सरसंग संघर्ष गरिरहेकी फुटबल खेलाडी तथा प्रशिक्षक नरकुमार राईकी ११ वर्षीया छोरीको उपचारका लागि सहयोग हस्तान्तरण गरेको छ । साथै एसोसिएसनले बिरामी कसुमीको शिध्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
मंगलबार एसोसिएसन जापानले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ११ वर्षिया कसुमीकाको उपचारका लागि नगद एकलाख ५६ हजार नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
सशस्त्र प्रहरी महिला क्लवका प्रशिक्षक रहेका नरकुमार राईले छोरीको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि गरेको अनुरोध अनुरुप जापानमा नेपाली फुटबल समर्थक तथा सुभेच्छुकहरुबाट संकलित सो रकम हस्तारण गरेको नेपाल जापान फुटबल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा नेपाली पूर्व राष्ट्रिय खेलाडी शिव खडकाले जानकारी दिनुभयो ।
हाल किमो थेरापी सकिएर बोन म्यारो परीक्षणको चरणमा रहेकाले आगामी साता थप उपचारका लागि औषधि वा बोन म्यारो ट्रान्सप्लान्ट गर्नेबारे चिकित्सकले निधो गर्ने परिवारले जानकारी गराएका छन् ।