समाचार

काठमाडौंमा १ सय ६ जनासहित देशभर ४ सय ६४ नयाँ संक्रमित

शुक्रबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनासहित नयाँ संक्रमित सहित देशभर ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा संक्रमण भएको बताउनुभएको हो ।

योसंगै श्क्रबा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् ।

त्यसै गरी प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् । २४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित खबर

Back to top button