अर्थ

नेपाल गुणस्तर परिषद्को बैठकद्वारा विभिन्न गुणस्तर मापदण्ड स्वीकृत गर्ने निर्णय

नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तरराष्ट्रिय मापदण्डका मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरको मापदण्ड स्वीकृत गरेको हो । बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता रहेको थियो ।

परिषद्ले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यसैगरी, रबरको कठोरता परीक्षणसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय मापदण्ड स्वीकृत गरिएको छ ।

यस्तै, रबर तथा थर्मो प्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी मापदण्डलाई पनि बैठकले अनुमोदन गरेको छ । परिषद्का अनुसार गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै अन्तरराष्ट्रिय अभ्यासअनुसार बनाउने उद्देश्यले बैठकले उक्त निर्णय गरेको हो ।

स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर अभिवृद्धि, परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन तथा नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा पनि आवश्यक निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.