एन आर एन न्युज

शैक्षिक विकासमा एनआरएनएको नयाँ परियोजना ‘पढ्दै र कमाउदै’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक अभावका कारण विद्यालय शिक्षा पूरा गर्न नपाएका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘पढ्दै र कमाउदै’ परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

परियोजनाका संयोजक एनआरएनएका उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन सो परियोजना संचालनमा ल्याउन लागिएको हो ।

उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको छ ।

गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्मागैरका अनुसार सो परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक छ ।

अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको उपमहासचिव सिमखडाले जानकारी दिनुभयो ।

परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ ।

परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।

सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडासहित उपाध्यक्षहरुमा रवीन्द्र खड्का (डेनमार्क) र मिलन छन्त्याल (आयरल्याण्ड) रहनुभएको छ भने कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया रहनुभएको छ

कार्यदलको सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके रहनु भएको छ ।

त्यसै गरी ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की हुनुहुन्छ ।

यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.