एन आर एन न्युज

एनआरएनए युकेबाट महासचिव बर्खास्त, कोषाध्यक्ष निलम्बित, १४ जना छानबिनिमा

गैरआवासीय नेपाली संघ युकेको ११ औं वार्षिक साधारणसभाले महासचिव खुशी लिम्बुलाइ बर्खास्त गरेको छ भने कोषाध्यक्ष बिष्णु खरेललाई निलम्बन गरेको छ । यही अगष्ट ६ मा सम्पन्न साधारणसभाले १४ जना पदाधिकारीहरुलाई छानविनको घेरामा ल्याउने निर्णय समेत गरेको छ।

वार्षिक साधारण सभा २०२२ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभाको प्रमुख अतिथि डा शेष घले, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, पूर्व आइसीसी सदस्य जमुना गुरुङ घले पनि हुनुहुन्थ्यो। त्यसैगरी एनआरएनए आइसीसीका सल्लाहकार तथा एनसीसी युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, युकेका प्रमुख संरक्षक शेर सुनार, वर्तमान पदाधिकारी, पूर्व अध्यक्ष र पदाधिकारीहरु, प्रमुख सल्लाहकार र सल्लाहकरहरु, बेलायतभरि रहेका नेपालीहरुका संघ(संस्थाका प्रमुख र प्रतिनिधिहरु, संचारकर्मी तथा पत्रकार लगायतको उपस्थित रहेको थियो ।

सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व अध्यक्ष घलेले जीवन चुनौतिपूर्ण हुने र चुनौति सामना गर्दा झन् धेरै अवसरहरु प्राप्त हुने कुरा बताउनु भयो ।

वार्षिक साधारणसभामा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यसमितिले शपथ ग्रहण गरेको ठिक ३६५ दिनमा वार्षिक साधारणसभा गरेको उल्लेख गर्दैै वर्ष दिनमा संघले गरेका गतिविधि र भावी कार्यक्रमका सम्बन्धमा वार्षिक प्रतिवेदन स्लाइड मार्फत प्रस्तुत गर्नुभयो।

त्यसै गरी उहाँले बितेको एक वर्षमा विभिन्न उतारचढाव बाबजुद संघले तेश्रो ग्लोवल हेल्थ कन्फरेन्स, १० अक्टोबरमा अल्डरसटमा आफ्नै कार्यालय उद्घाटन, सुनसरीका ६५० बाढी पीडितलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण, यूक्रेन युद्ध पीडित नेपालीलाई ४६ सय पाउण्ड सहयोग, एकसय दिन पुगेको अवसरमा सल्लाहकारहरुलाई सम्मान, नेपालका पर्यटनमन्त्री, शिक्षा मन्त्री, सांसदहरु तथा पूर्व मन्त्रीहरुसंग अन्तरक्रिया र स्वागत, प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेपालीका हित सवालमा ज्ञापनपत्र पेस, कोभिड १९ को महामारीका बेला सचेतना कार्यक्रम, नारी दिवस, राजदूतहरु लोकदर्शन रेग्मी र ज्ञानचन्द्र आचार्यको स्वागत, पूर्व गोर्खाहरुको अनसनमा ऐक्यवद्धता, एनआरएनए डलर अकाउन्टबारे अर्थमन्त्री, गभर्नर लगायतसंग भर्चुअल अन्तरक्रिया आदि गरिएको जानकारी गराउनु भयो।

त्यसैगरी नेपालीहरुको वंशजका आधारमा नागरिकता दिनुपर्नेबारे अन्तरक्रिया, बेलायतको रक्षामन्त्रालय र नेपाल सरकारलाई गोर्खा समस्या समाधानका लागि ज्ञापनपत्र दिएको, वृद्धवृद्धालाई प्रत्येक सोमबार मनोरन्जन तथा कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.