नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा भैरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी लिलामी (अक्सन) सुरु भएको छ।
जारी अक्सनमा अहिलेसम्म सबैभन्दा महंगोमा देव खनाल अनुबन्धित हुनुभएको छ । खनाललाई चितवन राइनोजले सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
श्रेणी ‘ए’ मा रहनुभएका देवलाई किन्न चितवन र लुम्बिनी लायन्स दुवैले अधिकतम रकम लगाएपछि गोलाप्रथाबाट चितवन भाग्यमानी सावित भयो।
खनालको अधिकतम मूल्य १५ लाख र न्यूनतम मूल्य ५ लाख तोकिएको थियो। यसै गरी अर्जुन साउदलाई गोलाप्रथाबाट चितवन राइनोजले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
यसै गरी ए श्रेणी कै अर्का विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले १० लाख रुपैयाँमा खरिद गरेको छ भने सूर्य तामाङलाई विराटनगर किंग्ले १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
एनपिएलको दोस्रो संस्करणका लागि क्यानले १ सय ५० खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरी अन्तिम सूचीमा राखेको छ।




प्रतिक्रिया राख्नुहोस्